आज (मंसिर ३) देखि काठमाडौंको हयात रिजेन्सी होटलमा शुरू १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगितामा नबिल बैंक आधिकारिक बैंकिङ पार्टनर तोकिएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा प्रतियोगिता आइतबारसम्म जारी रहनेछ । नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महासंघसँग नबिल बैंकले तेस्रोपटक बैंकिङ पार्टनरशीप गरेको हो ।