नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो । बिल खरिदका लागि सार्वजनिक सुचना गरेको बैंकले भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरुको बाँडफाँड हुने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।