काठमाण्डाै – संसद् सचिवालय नयाँ बानेश्वरमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको पाइएको छ । संसद् सचिवालयमा गएकाे शुक्रवार (अस्ति) देखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद् हेर्ने पत्रकारका लागि भनेर दोस्रो डोजको खोप लगाउन सुरु गरिएको थियो । तर खोप लगाउन सांसदले नै आफ्ना मान्छे लैजाँदा खोपको दुरुपयोग भएको हो ।
संसदका एक कर्मचारीले भने, ‘माननीयको गाडी चढेर आउनुहुन्छ, हामीलाई तपाईँ चाहिँ बाहिरै झर्नुपर्याे, खोप लगाउन पाउनु हुन्न भन्न पनि अफ्ठ्यारो । यसले गर्दा खोप वितरणमा अ...