लम्पी स्किन महामारीको विषयमा छलफल गर्न रवि लामिछानेले दर्ता गरे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लम्पी स्किन महामारीको विषयमा प्रतिनिधिसभा बैठकमा छलफल गर्नुपर्ने माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । मंगलबार संसद् सचिवालयमा दर्ता गरिएको प्रस्तावमा लामिछानेले लम्पी स्किन रोगमा प्रभावितहरूलाई खोपको व्यवस्था गर्न र पीडित किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा छलफल आवश्यक रहेको बताएका छन् ।