एजेन्सी, १ फागुन। अस्ट्रेलियाली सरकारले लगाएको अनिवार्य खोपको नियमको विरोध गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा हिजो (शनिबार) हजारौंले प्रदर्शन गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएपछि असन्तुष्ट सर्वसाधारणले संसद् भवन अगाडि प्रदर्शन गरेका हुन् । खोप नलगाएकालाई सार्वजनिक कार्यक्रम स्थल, रेस्टुराँ तथा सांगीतिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएपछि अस्ट्रेलियामा विरोध चर्किएको छ। प्रदर्शनमा करिब १० हजार सहभागी भएका थिए । […]