चुट्किला : धेरै रक्सी नपिउनुस्

छोरा : बा यति धेरै रक्सी नपिउनुस् न । बुवा : पिउन दे छोरा मरेर लानु के नै छ र ? छोरा : बा यसै गरी पिउँदै जाने हो भने त केही पनि त छोड्नु हुन्न होला नि ! साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

सम्बन्धित सामग्री

चुट्किला : प्रेमी र प्रेमिका

प्रेमीका : तिमी बिहेपछि चुरोट पिउन छोड्छौ ? प्रेमी : किन नछाड्नु अवश्य पनि छोड्छु । मीका : रक्सी र तास पनि ! प्रेमी : त्यो पनि छोड्छु । प्रेमीका : बिहे अघिचाहिँ के–के छोड्ने विचार गरेका छौँ त । प्रेमी : तिमीलाई ! साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

जोक्स : रक्सी खान छाडेँ

आफूलाई यहाँ कस्तो भोक लागिसक्यो । प्रेमी : तिमीसँग भेटेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडेँ, धुम्रपान गर्दिनँ । प्रेमिका : हामीबीचको प्रेमले सबै कुरो बिर्साइदियो ? प्रेमी : प्रेमले होइन, मायालु पैसाको अभावले । साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : म फुकाल्छु

एउटा भोटे साह्रै दाँत दुखेको कारण दाँत फुकाल्न भनेर डाक्टर कहाँ गएछ । बिरामी : डाक्टर साहेब मेरो दाँत फुकाली दिनुस् न । डाक्टर : तिम्रो दाँत त्यसै फुकाल्न मिल्दैन । पहिले अलिकति रक्सी खाउ तिम्रो जीउ लठ्ठ हुन्छ अनि दाँत फुकाली दिउँला । (बिरामी टन्न रक्सी खाएपछि) डाक्टर : ल, बिरामी भाइ अलि यता […]

चुट्किला : रक्सी पिउँदैछन्

एक दिन एउटा वैज्ञानिकले यस्तो कम्युटरको आविष्कार गर्‍यो जसले सम्पूर्ण कुराहरु बताउन सक्दथ्यो । एक व्यक्तिले सो कम्प्युटरलार्ई मेरो बुवा यस वेला कहाँ हुनुहुन्छ भनेर सोध्यो । कम्प्युटरले जवाफ दियो— अहिले उनी ठमेलको एउटा भट्टीमा रक्सी पिउँदैछन् । त्यो व्यक्तिले भन्यो गलत मेरो बुवा मरेको नै ५ वर्ष भइसक्यो । कम्प्युटरले फेरि भन्यो— तिम्री आमा, […]