बालुवाटार ‘द्रव्य’ लोभमा मोहित भएपछि १८ करोड बक्यौता नतिरेको एयरलाइन्सलाई उडान अनुमति !

मलेसियाको एयर एसिया एक्सको ४९ प्रतिशत सेयर लगानी भएको थाइल्याण्डको थाई एयर एसियाले नेपालमा उडानको अनुमति पाउने पक्का भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले थाई एयर एसियालाई बैंकक–काठमाडौँ–बैंकक उडान अनुमति दिने अन्तिम गृहकार्य गरिरहेको छ ।कानुनः थाई एयर एसियालाई नेपालमा उडानको अनुमति दिन क्यान तयार छैन । किनकी, यो हवाई सेवा प्रदायक कम्पनीमा नेपाललाई १८ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको एयर एसिया एक्सको ४९ प्रतिशत सेयर लगानी छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा चुनाव अगाडी नै थाई एयर एसियालाई नेपालमा उडान अनुमति दिने तयारीमा लागेकी छिन् ।यसका लागि उनले थाई एयर एसियाका प्रतिनिधि सुरेश नायरलाई काठमाडौँ बोलाएर ‘डिल’ पनि गरिसकेको स्रोतले दाबी गरेको छ । के भन्छ विमानस्थल ? प्राधिकरणले थाई एयर एसियालाई उडान अनुमति दिन सकिने वा नसकिने सम्बन्धमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँग राय मागेको थियो । विमानस्थलले अक्टोबरबाट उडान गर्न सक्ने गरी स्लट भने उपलब्ध रहेको जानकारी क्यानलाई गराएको छ ।यसअघिःआरजु–नायर डीलः १८ करोड बक्यौता चुक्ता नगरी थाइ एयर एसियालाई उडान अनुमति‘स्टल छ भन्यौँ, टाइम (समय) पनि राती १२ः३० मा ल्याण्ड हुने र १ः३० मा फर्किने गरी भनेका छौँ’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने, ‘हामीले दिएको भनेको राय मात्रै हो, यो कम्पनीमा लगानी भएको भनिएको एयर एसिया एक्सको बक्यौता बाँकी छ, त्यो बक्यौता पनि यसैले तिर्नुपर्ने हो की, यसबारे निर्णय गरेर के गर्ने भन्ने कुरा क्यानले गर्ने कुरा हो । हामीले राय दिएका छौँ ।’त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले स्लट उपलब्ध गराउन सकिने राय साउन ११ गते नै प्राधिकरणलाई दिएको हो । के भन्छ क्यान ?प्रधानमन्त्री पत्नी आरजु र थाई एयर एसियाका प्रतिनिधि सुरेश नायरबीच बालुवाटारमै यसबारे कुरा भईसकेपछि क्यान जसरी पनि थाई एयर एसियालाई उडान अनुमति दिनुपर्छ भन्नेमा पुगेको स्रोतको भनाई । जुनियर कर्मचारीलाई क्यानको महानिर्देशक बनाईनुका कारणहरुमध्ये एउटा कारण यो पनि भएको स्रोतले दाबी गरेको छ ।तर, प्राधिकरण स्रोत भने बक्यौता उडाउन पनि थाई एयर एसियालाई उडान दिनुपर्ने बाध्यता रहेको दाबी गर्छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पनि आफूहरु थाई एयर एसियालाई उडान अनुमति दिने पक्षमै रहेको र सोही अनुसार प्रक्रियागत कामहरु भईरहेको बताएका छन् । यो पनिःएयर एसिया लफडाः जब प्रभु बैंकका २२ वटा चेक ‘वाउन्स’ भए...थाइ एयर एसियाले नेपाल–थाईल्याण्ड उडान सुरु गरेपछि एयर एसिया एक्सको नाममा रहेको पूरानो बक्यौता उठाउने बाटो खुल्ने उनको दाबी छ । प्रवक्ता निरौलाले दिदी कम्पनीको पूरानो बक्यौता देखाएर भगिनी कम्पनीलाई पनि उडानको अनुमति नदिनु गलत हुने तर्क गरेका छन् । उनका अनुसार थाई एयर एसियाले बैंकक–काठमाडौँ उडान गर्दा प्रति उडान ८ लाख रुपैयाँ आम्दानी हुन्छ ।

सम्बन्धित सामग्री

प्राधिकरणले १२ बजेपछि पनि निश्चित मापदण्ड पूरा गरेर उडान अनुमति दिने

काठमाडौं, ३२ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी जिल्लाहरुमा विमानस्थल अप्रेसन आवरपछि पनि उडान अनुमति दिने भएको छ । प्राधिकरणले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै अपरेसन आवरपछि पनि निश्चित मापदण्ड पालना गरेर उडान अनुमति दिने जनाएको हो । गत साउन १६ गतेदेखि प्रधिकरणले पहाडी जिल्लाहरुमा अपरेसन आवर लागू गरेको थियो । जसअनुसार असार, […]

उडान अनुमति लिएर मात्रै टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन

काठमाडौं, मंसिर २ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई […]

प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिई चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। यदि उडान अनुमति नलिई यात्रुलाई टिकट बिक्री गरेको पाइ […]

शिवम् एयरलाइन्सले पायो उडान अनुमति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले जानकारी दिए । उनले भने, ‘शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको […]

निगमले पायो साउदीमा उडान अनुमति

नेपाल वायुसेवा निगमले साउदी अरबमा उडान गर्ने अनुमति पाएको छ ।निगमलाई साउदी अरेवियाको सिभिल एभिएसन्ले ले साउदीमा उडान अनुमति दिएको हो । आइतबार साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निगमको उडान अनुमति प्राप्त भएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।उडान अनुमति प्राप्त भएसँगै अब निगमले उडान अनुमति साउदी […]

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ ।

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै […]

मुस्ताङ हेलिकप्टरले उडान अनुमति पायो, आजैबाट सेवा प्रारम्भ

काठमाडौं, २४ भदौ । मुस्ताङ हेलिकप्टर प्रा.ली.ले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको छ । मुस्ताङ हेलिकप्टरले आज (बिहीबार) उडान अनुमति पाएको हो । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ । कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड-१९ बिरामीको […]

मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति

मनाङ हेलिकप्टर प्रालिले हवाई सञ्चालन अनुमति प्राप्त गरेको छ ।फ्रान्समा निर्मित एयरबस हेलिकप्टरले बिहीबारबाट नेपाली आकाशमा उडान अनुमति पाएको हो । उक्त  हेलिकप्टरले उद्धार, चार्टड, एयर फोटोग्राफी, कार्गो सिलिङ लगायतका सेवाहरु प्रदान गर्नेछ ।मुस्ताङ हेलिकप्टरले नेपालमा यसअघि देखि नै उडान गर्दै आएको छ ।

चार विमानस्थललाई आपतकालीन उडान अनुमति

चार वटा आन्तरिक विमानस्थलले निशेषाज्ञाको अवधिमा पनि उडान अनुमति पाएका छन् । हवाई सेवाको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थलले उडान अनुमति दिने निर्णय गरेको हो ।प्राधिकरणको यो निर्णयसँगै उडान अनुमतिका लागि अनुमति प्राप्त गरेका वायुयानले पोखरा विमानस्थल, नेपालगन्ज विमानस्थल, लुक्ला र सुर्खेत विमानस्थलबाट उडान अनुमति प्राप्त गर्न […]