प्राधिकरणले १२ बजेपछि पनि निश्चित मापदण्ड पूरा गरेर उडान अनुमति दिने

  काठमाडौं, ३२ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी जिल्लाहरुमा विमानस्थल अप्रेसन आवरपछि पनि उडान अनुमति दिने भएको छ । प्राधिकरणले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै अपरेसन आवरपछि पनि निश्चित मापदण्ड पालना गरेर उडान अनुमति दिने जनाएको हो । गत साउन १६ गतेदेखि प्रधिकरणले पहाडी जिल्लाहरुमा अपरेसन आवर लागू गरेको थियो । जसअनुसार असार, […]

सम्बन्धित सामग्री

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित हट एयर बेलुनले जमिनको सतहबाट नौ हजार फिटसम्म उड्ने अनुमति पाएको छ । यसअघि तीन हजार फिटसम्म मात्रै उडान अनुमति पाएको बेलुन नेपालले अब पोखराको निश्चित क्षेत्रमा नौ हजार फिटसम्म उडान गर्ने अनुमति पाएको हो ।

मापदण्डभित्र रहेर उडान अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ। यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ।

नयाँ गन्तव्य खोज्दै निगम

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले नयाँ गन्तव्य खोजीलाई तीव्र बनाएको छ । निगमले हालै जापानको नारिता उडान अनुमति पाएको छ भने चीनको ग्वाङ्जाओ उडान गर्ने पनि निश्चित भएको छ । अष्ट्रेलिया उडानका लागिसमेत निगमले अध्ययन समिति गठन गरेको छ ।