यात्रु ठग्दै बाराका अटो र ई–रिक्सा

कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड उपलब्ध गराएको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रूपन्देहीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले एभरेष्ट बैंकको यो सहयोगले सर्वसाधारणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले यसबाट तिलोत्तमावासीमा सुरक्षित बैंकिङ कारोबार गर्न हौसला मिल्ने भन्दै नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी र एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले सयजना भन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।

नेपाल अटो रिक्सा ई–रिक्सा तथा ठेलासम्बद्ध श्रमिक संघको अध्यक्षमा बस्नेत

काठमाडौं । नेपाल अटो रिक्सा ई–रिक्सा तथा ठेलासम्बद्ध श्रमिक संघको राष्ट्रिय अधिवेशनले अध्यक्षमा खिलनाथ बस्नेतलाई सर्वसम्मत रूपमा चयन गरेको छ । ललितपुरमा शनिवार सम्पन्न अधिवेशनबाट सहअध्यक्ष नविनकुमार जोशी, वरिष्ठ उपाध्यक्ष जंगबहादुर तामाङ, महिला उपाध्यक्षमा अम्बिका शाह, उपाध्यक्षमा गणेश धिताल र महासचिवमा पुरुषोत्तम ढकाल चयन भएका छन् । अधिवेशनमा नेपाल भन्सार तथा विमानस्थल मजदूर संघका केन्द्रीय अध्यक्ष केदारनाथ दाहाल, नेपाल व्यापार श्रमिक संघका केन्द्रीय अध्यक्ष सन्तोष गिरीलगायतको उपस्थिति थियो ।

बुटवलमा अटो रिक्साको उचित व्यवस्थापन हुन सकेन

बुटवलको व्यस्त बजारमा ई–रिक्सा (अटो रिक्सा) को उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा समस्या भएको छ । ई–रिक्साको व्यवस्थापन गर्न नसक्दा मुख्य सडक तथा राजमार्गमा चल्ने ठूला सवारी साधनलाई समेत सकस भएको छ । त्यस्तै पैदल यात्रीले समेत समस्या भोग्नु परेको छ । यसअघि ट्राफिक प्रहरीले बजारका सहायक सडकमा मात्र अटो रिक्सा चल्न दिने गरेको थियो । तर बुटवलको चौराहा–गोलपार्क सडक विस्तारको काम ढिलाई हुँदा अटो रिक्सा चालकले ट्राफिक नियम पालना गर्न छोडेका छन् । ई–रिक्सावालाले मनपरी सड

यात्रु छाडेर वन छिर्दै ई–रिक्सा

बजारमा यात्रु बोक्न छाडेर जंगलमा दाउरा ओसार्न थालेपछि डिभिजन वनले चन्द्रपुर क्षेत्रका ई–रिक्सा, अटो नियन्त्रणमा लिई कारबाही गर्न थालेको छ ।

बुटवलमा सञ्चालित ई-रिक्साको न्यूनतम भाडा बढ्यो

बुटवलः बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर बढेको छ। ई-रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्षपछि न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरिएको हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए। व्यवसायी, चालक र नगरबासीको छलफलबाट मंगलबारदेखि लागू हुनेगरि भाडा बढाइएको हो। न्यूनतमभन्दा बढीको भाडादर भने यात्रु र…

अटो रिक्सा चढेर बाहिरिए मन्त्री आचार्य

राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बिहीवार मन्त्रालयबाट बाहिरिएका छन् । बिहीवार बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् । पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए । नयाँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको उनले बताए । अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए ।...