एभरेष्ट बैंकद्वारा तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता र क्यूआर कोड प्रदान

तिलोत्तमा- एभरेष्ट बैंकले रुपन्देहीको तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरताका साथै क्यूआर कोड प्रदान गरेको छ । तिलोत्तमा–५ मणिग्राममा आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमामा आबद्ध ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले यसबाट सर्वसाधरणलाई सरल […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड उपलब्ध गराएको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रूपन्देहीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले एभरेष्ट बैंकको यो सहयोगले सर्वसाधारणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले यसबाट तिलोत्तमावासीमा सुरक्षित बैंकिङ कारोबार गर्न हौसला मिल्ने भन्दै नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी र एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले सयजना भन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।

रिक्सा चालकलाई एभरेष्ट बैंकको क्यूआर कोड

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायातका ५५ सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरे । तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरदेवी चौधरीले एभरेष्ट […]