काभ्रे / काठमाडौं : बेथानचोक गाउँपालिकाबाट खानीजन्य सामग्री बोकेर आउने ट्रकमा लगाइएको दोहोरो कर नउठाउन सर्वोच्च अदालतले पनौती नगरपालिकालाई अन्तरिम आदेश दिएको छ।न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र नहकुल सुवेदीको संयुक्त इजलासले यसबारे अन्तरिम आदेश दिएका हुन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्मविपरीत पनौती नगरपालिकाले दोहोरो कर उठाएको भन्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।बेथानचोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्र खानीजन्य पदार्थ उत्खनन् गरेबा