सञ्चारकर्मीसँग हातेमालो गर्न प्रहरी तयार

सिमकोट – एक दिनअगाडि जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईले प्रहरी जिल्लाका सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका छन्। जिल्लास्थित सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन्। समाज परिवर्तनमा सञ्चार जगत्को पनि महत्वपूर्ण भूमिका रहने भन्दै उनले सञ्चारकर्मीसँग समन्वय गरेर मात्र अगाडि बढ्ने बताए। उनले हरेक सकारात्मक पक्षका […]

सम्बन्धित सामग्री

‘उद्योगको सुरक्षा गर्न उद्योग परिसरमै प्रहरी परिचालन’

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २ अर्ब रुपैयाँभन्दा बढी लगानीका उद्योगको सुरक्षाका लागि उद्योग परिसरमै नेपाल प्रहरीको अस्थायी केन्द्र राखिने उद्घोष गरेका छन् । कोशी प्रदेश सरकारले औद्योगिक सुरक्षा नीति भर्खरै जारी गरेको भन्दै उनले उद्योगलाई आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुनेगरी सुरक्षाकर्मी उपलब्ध गराइने बताएका हुन् । कोशी प्रदेशमा लगानी गर्न चाहने सबैलाई सरकारबाट सुरक्षा र संरक्षणको प्रत्याभूति गराइने उनले बताए । निजीक्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रूपमा हेरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ छ । द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले केही दिनअघि आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक कार्यक्रममा मन्त्री कार्कीले निजीक्षेत्र सरकारको अभिन्न अंग भएको बताए । निजीक्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सृजना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषि लगायत प्राथमिक क्षेत्रको मूल्य अभिवृद्धिमा योगदान गर्ने, राजस्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाइदिने भएकाले उक्त योगदानको सबै पक्षबाट कदर हुनुपर्ने उनले उल्लेख गरे । द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक कार्यक्रममा मन्त्री कार्कीले निजीक्षेत्र सरकारको अभिन्न अंग भएको बताए । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले भारतका विहार र तमिलनाडुको उदाहरण दिँदै संघीय सरकारको आज्ञा शिरोपर गरेर बस्ने विहार विकासमा पछि पर्दा अहिले केन्द्र सरकार र अन्य प्रदेशका लागि समेत बोझ भइरहेको, तर तमिलनाडु जस्ता प्रान्तले सरकारविरुद्ध कानूनी लडाइँ लडेर आफ्ना अधिकार प्रयोग गर्न सकेकाले विकासमा फड्को मारेको बताए । समयमै तमिलनाडु जस्ता राज्यबाट सिक्न सके अन्य सबै प्रदेशलाई विकास र समृद्धिको नमूना देखाउन सकिने धारणा उनले राखे । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्राथमिक र द्वितीय तथ्यांक संकलन र विश्लेषण गरेर पाश्र्वचित्र तयार गरिएको जानकारी दिए । तथ्यांक संकलनको कार्य कहिल्यै पूर्ण नहुने तथा निरन्तरको प्रयोग र अद्यावधिक गर्ने प्रक्रियाबाट यसको उपयोगिता बढ्ने उनले बताए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले निजीक्षेत्रले गरेको प्रयासमा हातेमालो गर्दै नेपाल उद्योग वाणिज्य महासंघले तयार गरेको पाश्र्वचित्रमा समेटिएका आर्थिक सामाजिक तथ्यांक सरकारको नीति निर्माणमा उपयोगी हुने बताए । तथ्यांक संकलन र व्यवस्थापनको कार्यमा प्रदेश सरकारले उद्योग वाणिज्य महासंघ लगायत निजीक्षेत्रका संघसंगठनसँग सहकार्य गर्नुपर्ने खाँचो समेत उनले औंल्याए । राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले कोशी प्रदेशमा लगानीका अनेक सम्भावना भएकाले यसलाई प्रदेशको विकास र समृद्धिसँग जोड्न सबै पक्षबीच बृहत्तर साझेदारी आवश्यक रहेको बताए । द एशिया फाउण्डेशनको सहयोगमा विभिन्न संस्थाको प्राविधिक सहायता समूहले कोशी प्रदेशको आर्थिक वृद्धिका सम्भाव्य क्षेत्र, वस्तु तथा सेवा पहिचान गरी त्यसको प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)का कार्यकारी निर्देशक डा. पारस खरेल, कम्युनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिचका अनिरुद्र न्यौपाने लगायतले कोशी प्रदेशमा लगानी प्रवर्द्धन, उद्यमशीलता विकास, जलवायु वित्त, वैदेशिक व्यापार लगायत विषयमा प्रस्तुति दिएका थिए ।

सुरक्षित समाजका लागि नागरिक प्रहरी हातेमालो आवश्यक : एआइजी थापा

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले नागरिक र प्रहरीको सुदृढ सम्बन्धले मात्र समाज सुरक्षित र समृद्ध हुने बताउँदै प्रहरीसँग हातेमालेको लागि आग्रह गरेका छन्। सामुदायिक सेवा केन्द्र...

राप्ती नदीमा विपद् हातेमालो अभ्यास

दाङ – लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदीमा पानीजन्य विपद्को एकीकृतरुपमा हातेमालो अभ्यास गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कृतिम घटना अभ्यास गरेर आफ्नो क्षमता प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशमा आइपर्ने जस्तोसुकै विपद्को सामना गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको यो अभ्यासले सन्देश प्रवाह गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, […]

सबै मिलेर समाज सेवामा लाग्नुपर्छ : मन्त्री रेग्मी

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले समाजसेवाको कार्य एक मात्र व्यक्ति वा संस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशील विभिन्न संघ संस्थाहरूबीच समेत हातेमालो र समन्वय आवश्यक रहेको चर्चा गर्नुभयो ।

वननजिकका बस्तीमा डढेलोको चिन्ता

चन्द्रपुर नगरपालिका–६ स्थित हातेमालो सामुदायिक जंगलमा आइतबार आगो लाग्यो । तीव्र गतिमा हावा चल्नपछि आगोले जंगल नजिकैका दुईवटा गोठमा पनि नष्ट भए । आगो नियन्त्रणमा लिन पारुण यन्त्रको सहयोगमा इलाका प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटे । तर, निमेषभरमै गोठ जलेर खरानी भइसकेको थियो । अरू घर भने बल्लतल्ल जल्नबाट बचाइयो ।

स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिन गृहमन्त्री खाँणको आग्रह

कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई भाग लिन गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गरेका छन् । वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूले सहभागी हुन आवश्यक रहेको गृहमन्त्रीले बताए । कपिलवस्तुको चन्द्रौटामा बुधवार सशस्त्र प्रहरी बल बाहिनी नम्बर ५ विन्ध्यवासिनीको मुख्यालयको उद्घाटन गर्दै गृहमन्त्री खाँणले मुलुकको विकासमा हातेमालो गर्दै […]

समुदायमै चेतना फैलाउँदै प्रहरी

प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरूसँग शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदायसँग हातेमालो गरेर अपराध न्यूनीकरण गर्न कार्यक्रम गरिरहेको छ।...

सशस्त्र प्रहरीद्वारा प्रधान कार्यालय हल्चोकमा बृक्षारोपण

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बृक्षारोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियानमा हातेमालो गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा सहभागी महानिरीक्षक खनालसहितका विभिन्न व्यक्तिहरुले बृक्षारोपन गरेका […]