सरकारले ३० अर्ब ८६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् ३० अर्ब ८६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको जनाएको हो । जसअनुसार २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ७ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।