काठमाडौंः स्थानीय तह निर्वाचन सम्पन्न भएको दश दिन बित्दा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २८ तहको नतिजा आएको छ। बाँकी २३ स्थानीय तहमा भने मतगणना जारी छ भने दुई स्थानीय तहमा मतगणना नै सुरु भएको छैन।अन्तिम मत परिणाम आउन बाँकी स्थानीय तहमा विराटनगरबाहेक ५ वटा महानगरपालिका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेका छन्। रौतहट जिल्लाका ५ स्थानीय तहको परिणाम आउन बाँकी छ। १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ स्थानीय तह रहेको रौतहटका गढीमाई, ग