स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा देशभरका विभिन्न स्थानीय तहमा राप्रपाले ३५ वडामा विजय हासिल गरेको छ । मतगणनाका क्रममा केही स्थानीय तहमा अग्रता लिइरहेको र हालसम्म विभिन्न नगर तथा गाउँपालिकामा ३५ वडाध्यक्ष राप्रपाले जितेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । उनले २ सय ५० भन्दा बढी वडा सदस्यमा राप्रपा निर्वाचित भएको जनाएका छन् । यी हुन् राप्रपाले जितेका वडाहरुको विवरण : १. नवलपरासीको रामग्राम नगरपालिका वडा नं- ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल