फिल्म ‘२ नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ ।फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भएका छन् । मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छ