फेसबुक सुचारु

विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । मङ्गलबार राति करिब ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायर हुनेलगायतका समस्या देखिएको थियो । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभई विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए । मेटा कम्पनी अर्को एप ह्वाट्सएप भने चलिरहेको थियो ।

सम्बन्धित सामग्री

फेसबुक मेसेन्जरमा यसरी प्रयोग गर्नुहोस् एण्ड टू एण्ड इन्क्रिप्सन फिचर

हालैमा मेटाले एण्ड टू एण्ड इन्क्रिप्सन फिचरको जाँच गरिरहेको थियो । अहिले यो फिचर सबैका लागि उपलब्ध नभएता पनि यसलाई फेसबुक मेसेन्जरमा यसरी सुचारु गर्न सकिन्छ । एण्ड टू एण्ड इन्क्रिप्सन फिचरले गर्दा मेसेजहरु सादा रुपमा स्टोर हुँदैनन् । इन्क्रिप्टेड मेसेजलाई पढ्न खोजेमा पनि ती अस्पष्ट रुपमा हुन्छ किनभने क्यारेक्टरहरुलाई जथाभावी राखिएको हुन्छ । अर्थ नखुल्न गरि मेसेजलाई...

नयाँ वर्षको अवसरमा एनसेलले ल्यायो अफर

काठमाडौं (अस) । एनसेलले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले आफ्नो मोबाइल फोन सेवाका ग्राहकका लागि ‘न्यू इयर कम्बो अफर’ र ‘रिचार्ज अफर’ ल्याएको हो । न्यू इयर कम्बो अफर अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस, ननस्टप अन नेट भ्वाइस सेवा लगायत  फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले रिचार्ज अफर अन्तर्गत  रू. ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब सोसल मिडिया प्याक पाउन सक्ने बताइएको छ । यस्तै कम्बो अफर अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक करसहित रू. ९६ मा सुचारु गर्न सकिनेछ । सो प्याकमा बण्डल गरिएको १ जीबी अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न १०० मिनेट अल नेट टक टाइम ग्राहकले पाउन सक्नेछन् । त्यसैगरी रू. १६८ मा ५ जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को सातदिने प्याक रू. १६८ मा सुचारु गर्न सकिनेछ । कम्पनीका अनुसार २८ दिनको प्याक अन्तर्गत रू. २९८ मा २ दशमलव ५ जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइम पाइनेछ । सो प्याक सुचारु गर्न एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गर्नुपर्ने बताइएको छ । कम्बो प्याक अन्तर्गत नै प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिनको अन्य दुई प्याक ल्याइएको कम्पनीले बताएको छ ।

चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

न्युज अफ नेपाल, काठमाडौँ । सोमबार रातिदेखि लगातार ६ घण्टा अवरुद्ध भएकाे सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामकाे सेवा पुनः सुचारु भएको छ । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो । फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको बताइएको छ । हाल उक्त समस्या समाधान भइसकेको फेसबुकका […]

विश्वभर अवरुद्ध फेसबुक सञ्चालनमा

सोमबार राति ९ बजेदेखि  विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् ।  फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्

ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति बट सेवा सुचारु गरेको छ ।अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालित रुपमा […]

फेसबुकसहित अन्य सामाजिक सञ्जाल पुन: सुचारु, करोडौं घाटा भएको अनुमान

काठमाडौं । सामाजिक सञ्जालहरु फेसबुक,इन्स्टाग्राम र ह्वाट्सएपमा प्राविधिक समस्या आएपछि आज दिउँसोबाट  डाउन भएका ती साइटहरु करिब ३ घण्टापछि पुन: सुचारु भएको हो । ती साइटहरुमा देखिएका समस्याहरु समाधान भएपछि पुन: सुचारु भएको ...