सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

काठमाडौं, ३० चैत्र । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष हिक्मतबहादुर बस्नेतले शैक्षिक र पेसागत क्षेत्रका समस्या समाधानका लागि सङ्घीय शिक्षा ऐनलगायत शिक्षा सम्बन्धित कानुन र नियमावली सकेसम्म चाँडो जारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् […]

सम्बन्धित सामग्री

शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति

संसदमा पठाउन मन्त्रिपरिषदबाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि सङ्घीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो समुदायले आपत्ति जनाएको हो ।

सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्य अघि बढिसक्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७ औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षा […]

यही अधिवेशनबाट 'सङ्घीय शिक्षा ऐन' पारित गर्ने हाम्राे चाहना छ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले 'सङ्घीय शिक्षा ऐन' तत्काल संसदमा पेस गर्न सरकारलाई दबाब दिनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका महामन्त्री थापाले चालु संसद् अधिवेशनबाटै याे ऐनलाई पारित गर्ने आफूहरूको चाहना भएको बताउनुभयाे ।  शिक्षा पत्रकार समूहले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा 'शिक्षा लोकपाल' को व्यवस्था हुने गरी क...

सङ्घीय शिक्षा ऐन संसद्को यही अधिवेशनबाट पारित गरिने

सङ्घीय शिक्षा ऐन संसद्को चालु अधिवेशनबाटै पारित गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सङ्घीय शिक्षा ऐन संसद्को चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो ।