काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले 'सङ्घीय शिक्षा ऐन' तत्काल संसदमा पेस गर्न सरकारलाई दबाब दिनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका महामन्त्री थापाले चालु संसद् अधिवेशनबाटै याे ऐनलाई पारित गर्ने आफूहरूको चाहना भएको बताउनुभयाे ।
शिक्षा पत्रकार समूहले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा 'शिक्षा लोकपाल' को व्यवस्था हुने गरी क...