पर्साको वीरगञ्जमा कक्षा १२ मा पढ्दै थिइन् १७ वर्षीय सविना कार्की (परिवर्तित नाम) । स्थायी घर नै वीरगञ्ज भएकी सविनाको पारिवारिक पृष्ठभूमि पनि राम्रो नै थियो । बुवा त्यहीँको स्थानीय व्यक्ति भएको कारण जग्गाजमिन पनि भएको र समाजमा सम्मानित व्यक्तित्व नै थिए । तर गत छठमा उनी एकाएक घरबाट गायब भइन् । कात्तिक २४ गते अर्थात् छठ पर्वको दिन सविना एकाएक गायब भएपछि सबैतिर उनको खोजी भयो । तर उनी कतै भेटिइनन् । १७ वर्षकी किशोरी घरबाटै गायब भएपछि कतिपयले बिहे गरेर भागी भने भने कतिपयले उनलाई अपहरण गरिएको आशं