नावालिका किशोरीलाई शरिर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहर गर्दै शरीर बन्धक बनाएर अपहरण गरेको अभियोगमा आठ वर्ष छ महिना, १८ वर्ष उमेर नपुगेकी नाबालिग किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा ११ वर्ष र एउटै व्यक्तिले अपहरण र नाबालिगकालाई जर्बजस्ती गरेको अभियोगमा थप १० बर्ष गरि कुल २९ वर्ष छ महिना कैद सजायको फैसला सुनाइएको जिल्ला अदालत डडेलधुराले जनाएको छ । फैसलामा अभियुक्त चन्दलाई दुई लाख जरिवाना र पीडित किशोरीलाई दुई लाख ५० हजार क्षतिपूर्ति भराउन आदेश गरिएको छ ।