सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रूपमा रहेका तराईका कैलाली र कञ्चनपुरका किसानले सिजनका बेला जहिल्यै मलका लागि सास्ती बेहोर्नुपरेको छ । एक पटक रासानियक मलको प्रयोग भइसकेको खेतमा बालीपिच्छे प्रयोग नगर्दा उत्पादकत्व घट्ने भएकाले किसानलाई बाली लगाउने समयमा सधैं मलको चिन्ता हुन्छ । मल नपाउँदा उत्पादकत्व घट्दै गएको कैलाली फूलबारीका गणेश बमले बताए ।