किसानलाई रासायनिक मलको हाहाकार, सबै गोदाम रित्तै

पर्सा : हिउँदे बालीका लागि कृषकलाई चाहिने रासायनिक मलको हाहाकार अहिलेबाटै सुरु भएको छ। यो सिजनको धानको लागि अन्तिम टप ड्रेसिङका लागिसमेत मल नभएर हाहाकार भएको हो। धान र हिउँदे बालीका लागि यतिवेला रायायनिक मलले टन्न भरिनुपर्ने कृषिप्रधान देशका गोदाम रित्तिएर ह्वाङह्वाङती भएका छन्। कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जले पनि मूलगोदामसमेत रहेको गेटमै मल छैन भनेर सूचना टाँसिसकेको छ।अहिले नेपालभर ७ सय मेट्रिक टन युरिया, १ सय ५० मेट्रिक टन डिएपी र १ सय २५ मेट्रिक टन पोटासबाहेक अरू एक गे