घट्यो डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँ घटाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयाम कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि आयल निगमले मूल्य घटाएको हो। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको थियो । सोहि अनुसार निगमले मूल्य घटाएको हो ।निगमले हिजो बुधबार मात्र भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र नयाँ मूल्य सुची अनुसार निगमलाई आगामी १५ दिनमा मासिक रु.६ अर्व १५ करोड घाटा हुने स्थिति देखिएको जनाएको थियो । निगमका अनुसार इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई मे महिनामा पेट्रोलियम पदार्थ खरिद वापतको रकम रु. ४३ अर्व भुक्तानी गर्नु पर्नेमा सम्झौता मुताविक भुक्तानी गर्न नसकी २३ मे, २०२२ सम्म रु. २२ अर्व ४० करोड बक्यौता कायम हुन पुगेको र पछिल्लो समय केही थप भुक्तानी दिएपछि अझै रु. १६ अर्व भुक्तानी दिन बाँकी रही बक्यौता कायम नै रहेको छ ।निगमले जुन महिनाको लागि पहिलो किस्ता वापत रु. १६ अर्व र बाँकी बक्यौता बापतको अर्को रु. १६ अर्व गरी जम्मा रु. ३२ अर्व आगामी जुन ८ तारिखमा भुक्तानी गर्नु पर्नेछ । तर यस अवधिमा ईन्धन विक्री वापत संकलन हुने रकमबाट करिव रु. १० अर्ब मात्र भुक्तानी दिन सक्ने स्थिति देखिएको छ ।  निगमका अनुसार यो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा निगमलाई करिव रु. ४७ अर्व नोक्सानी भइसकेको र असार मसान्तसम्ममा झण्डै रु.६० अर्व नोक्सान हुने स्थिति देखिएको छ ।यदि अन्तर्राष्ट्रिय मूल्य नघट्ने र यहि विन्दूमा स्थिर रहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा विकी वितरण सहज वनाइ राख्नका लागि पेट्रोल, डिजेल र एल. पी. ग्यासको खुद्रा विक्री मूल्य लागत सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको थियो । 

सम्बन्धित सामग्री

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज सोमबार मध्यरातदेखि लागु हुने गरि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ बढाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १८१ र डिजेल तथा मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ प्रति लिटर पुगेको छ।त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रति लिटर ५ रुपैयाँ बढेको छ । अन्तराष्ट्रियतर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।लागत अनुरुप मूल्य समायोजन हुन नसकेको कारणबाट पेट्रोलियम पदार्थ खरिद वापत इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइ राख्न दिन प्रति दिन निगमलाई चुनौती थपिदै गएको निगमले जनाएको छ । निगमले आज मात्र आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी नेपाल सरकारलाई दिएको छ । निगमका अनुसार भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोल बिक्रि गर्दा कोटा तोक्न सिफारिस गरेको छ । आयल निगमले नेपाल सरकारलाई पत्र लेख्दै पेट्रोलियम पदार्थको खपत कम गर्न बिक्रिमा कोटा तोक्ने सहित विभिन्न १० वटा उपाय सिफारिस गरेको हो । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन विभिन्न प्रस्ताव गरिएको निगमले जनाएको छ ।यस्तो अवस्थामा पेट्रोलियम पदार्थको खपत कम गर्न निगमले सुझाव दिएको हो । जसमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र ईन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ।यस्ता छन् सिफारिस: १.सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने ।२. देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।३. खाना पकाउने एल.पी. ग्यासको खपत कम गर्न बिद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।४. विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र ईन्धन बिक्री गर्ने।६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने ।९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने ।१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने। विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरुले समेत मनन गर्ने विश्वास निगमले लिएको छ जनाएको छ ।

आयल निगमलाई राप्रपाका यी सात प्रश्न

प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिइएको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ : थापा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन् । महत्त्वाकाङ्क्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताए । प्रतिनिधि सभा संसदमा आज बोल्दै काँग्रेस महामन्त्रीसमेत रहेका थापाले कार्ययोजना बनाएरै कति वर्षभित्र के गर्ने भन्ने योजनासहित पेट्रोलियम पदार्थमुक्त […]

पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा १० रुपैयाँ घट्यो, कुनको भाउ अब कति?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। मूल्य विहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ। अर्थ मन्त्रालयले पूर्वाधार कर लिटरमै १० रुपैयाँ घटाउने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको…

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। जस अनुसार निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको छ । यस संगै पेट्रोलको मुल्य प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५.३४ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।साथै हवाई इन्धनको मूल्य पनि बढेको छ । निगमले आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर १५ रुपैयाले बढाएर प्रति लिटर १५१ रुपैयाँ कायम गरेको छ अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर २०० डलरले बढाएर प्रति किलोलिटर १४९५ डलर कायम गरेको छ ।मूल्य बढाए पनि निगमले पेट्रोलमा प्रति लिटर २८.५७ रुपियाँ र डिजेलमा प्रति लिटर ३२.१५ रुपैयाँ घाटा रहेको जनाएको छ । निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई १५ दिनमा ४ अर्ब ६५ करोड घाटा हुनेछ । साथै निगमले भारतको रक्सौलको तुलनामा नेपालको बिरगंजमा पेट्रोल प्रति लिटर १८.४२ रुपैयाँ र डिजेल प्रति लिटर ११.५४ रुपैयाँ सस्तो रहेको जनाएको छ ।

आजबाट पेट्रोलको मूल्य १३० रुपैयाँ, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको कति?

काठमाडौं, भदौ ८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको हो। अब पेट्रोल प्रतिलिटर १३०, डिजेल तथा मट्टितेल ११३ र हवाई इन्धनको मूल्य ८६ रुपैयाँ कायम भएको छ । […]

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।   निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन( आन्तरिक उडान) को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्ने भएको छ । स्वचालिन मूल्य प्रणाली लागू गरेको निगमले इन्डियन आयल कर्पोरसनले नै बढाएर मूल्य पठाएकाले सोही अनुसार मूल्य समायोजन गरेको बताएको छ ।

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।  सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।  निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम…