बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।   निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन( आन्तरिक उडान) को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्ने भएको छ । स्वचालिन मूल्य प्रणाली लागू गरेको निगमले इन्डियन आयल कर्पोरसनले नै बढाएर मूल्य पठाएकाले सोही अनुसार मूल्य समायोजन गरेको बताएको छ ।

सम्बन्धित सामग्री

गाडी भाडा बढ्यो, कहाँको कति ?

यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । नयाँ भाडादर बुधबारदेखि नै लागू हुनेछ ।

बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि […]

आयल निगमले बढायो डिजेलको मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि पछिल्लो १५ दिन यता पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको निगमले जनाएको छ। डिजेल मट्टीतेलको मुल्य बढाएपनि निगमलाई अझैं मासिक ९६ करोड ४८ लाख रुपैयाँ घाटा लागिरहेको निगमको दाबि छ। निगमको यहि घाटालाई व्यवस्थापन तथा भुक्तानी गर्नलाई पनि निगमको आज बसेको संचालक समितिले डिजेल र मट्टीतेलमा प्रति लिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको निगमले जनाएको छ। पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धनको भने मूल्य बढेको छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।निगमले पेट्रोल लगायत अन्य पेट्रोलियम पदार्थको भने मूल्य बढाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।

घट्यो सार्वजनिक गाडीको भाडा, एउटै रुटमा १५ देखि ५० रुपैयाँसम्म कम, अब कति पर्छ?

काठमाडौं। अन्तर-प्रादेशिक सार्वजनिक यातायातमा यात्रुका लागि भाडा घटेको छ। पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीमा भाडा

किसान मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ ।दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर  ३ रुपैयाँ बढाएको हो । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको मूल्य ११९ रुपैयाँ पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ यसैगरी निगमले ग्यास सिलिन्डरको भाउ पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको हो ।  यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ।

आयल निगमले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, कुनमा कति पुग्यो मूल्य?

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। असार ९ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले मंगलवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि…

भारतमा कति छ पेट्रोल तथा डिजेलको मूल्य ?

भारतमा पेट्रोलको मूल्य स्थिर रहेको छ ।  मुलुकमा पेट्रोलको मूल्य लगातार स्थिर रहेको भारतीय आयल मार्केटिङ कम्पनीले जनाएको छ । भारतमा मंगलवार पेट्रोल २७ पैसा प्रतिलिटर र डिजल २३ पैसा प्रतिलिटर महँगो भएको थियो । यद्यपी बुधवार र बिहीवार भने पेट्रोल र डिजेलको मूल्य स्थिर छ ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईमा पेट्रोलको मूल्य १ सय भारतीय रुपैयाँ प्रति लिटर रहेको छ । यस बाहेक केही शहरहरूमा मूल्य योभन्दा बढी छ ।  पछिल्लो अपडेट अनुसार, दिल्लीमा पेट्रोलको मूल्य ९४.४९ रुपैयाँ प्रति लिटर रहेको...

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।  सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।  निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।