अगस्त १५ मा अफगानिस्तान कब्जाको घोषणा गरेको तालिबान समूहले सेप्टेम्बर ७ मा इस्लामिक इमिरेटको घोषणा गर्दै अन्तरिम सरकार गठन गर्यो। सरकार गठन गर्नुअघि समावेशी सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेको तालिबानी समूहले समावेशी सरकार गठनको अपिललाई बेवास्ता गरेको छ।