सरकारी अनुदानमा सहकारीको मनोमानी, कृषकलाई ऋण दिन आनाकानी

सुर्खेत । कर्णालीको महिला जागरण साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश सरकारबाट पाएको अनुदानमा मनोमानी गरेको कृषकहरुले आरोप लगाएका छन् । कृषकलाई सहुलियतमा ऋण दिन पाएको रकममा सहकारीले मनोमानी गरेको उनीहरुको आरोप छ । प्रदेश सरकारले उक्त सहकारीलाई १७ लाख रुपैयाँ अनुदान दिएको थियो । तर, तालिम दिइएका कृषकलाई समेत सहकारीले ऋण दिन आनाकानी […]

सम्बन्धित सामग्री

अनुदानमा कृषियन्त्र वितरण

देउखुरी, ६ असार । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने […]

कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी, २९ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) […]

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।...

उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर

खलङ्गा । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो । यसले यहाँको दूध उत्पादन […]

किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको हो । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपाङ्गता भएका व्यक्तिका परिवारलाई ७ दिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलवार मौरी सहितको घार वितरण गरिएको नगर प्रमुख खत्रीले बताए । घार सहितको मौरी वितरण गर्दै नगर प्र...

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन्।...

किसानलाई अनुदानमा गहुँ

कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।  गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर ...

किसानलाई अनुदानमा आलुको बीउ

तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो । कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो । नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नग

रम्भा गाउँपालिका किसानलाई अनुदानमा आलुको बीउ

२१ कात्तिक, पाल्पा । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो । आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। गाउँपालिकाले […]

किसानलाई अनुदानमा कृषि यन्त्र वितरण

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका किसानलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । प्रदेश सरकारको सहयोगमा कृषि ज्ञानकेन्द्र कैलालीले कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो ।...