अनुदानमा कृषियन्त्र वितरण

देउखुरी, ६ असार । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने […]

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गर्ने

गण्डकी । व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरू भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो । चालु आवमा अनुदानका लागि छनौट भएका कृषि समूह, सहकारी तथा फार्मले प्रदर्शनी कक्षबाटै आफूलाई आवश्यक परेका कृषि उपकरण तथा प्रविधि खरिद गर्ने प्रबन्ध मिलाइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। “देशविदेशका कम्पनीले आफ्नो उत्पादनलाई प्रदर्शनीमा राखेका छन्, महानगरभित्रका किसानले रोजीरोजी अनुदानको कृषियन्त्र किन्न सक्नुहुन्छ”,उनले भने “बिल भरपाईका आधारमा ५० प्रतिशत रकम किसानलाई उपलब्ध गराउँछौँ ।” महाशाखा प्रमुख कडरियाका अनुसार किसानलाई एक सय १६ मिनिटिलर हलो, तीन सय ८५ टनेल प्लास्टिक, मल्चिङ प्रविधि ९१, थोपा सिँचाइ ३६, स्प्रेयर एक सय २२, असिना छेक्ने जाली ८५ र ५८ मौरीघार अनुदानमा उपलब्ध गराइएको हो । महानगरले वडा तहमा कृषि सञ्जालमार्फत प्रदान गरिने कृषि औजार तथा उपकरण पनि सञ्जालले चाहेको खण्डमा प्रदर्शनीस्थलबाटै वितरण गर्ने योजना बनाएको छ । व्यावसायिक कृषि पकेटको छुट्टै कार्यक्रममार्फत एक सय नौ कृषि समूह, सहकारी र फार्म अनुदानका लागि छानिएको महानगरले जनाएको छ । महाशाखा प्रमुख कडरियाले महानगरले बर्सेनि कृषिको यान्त्रिकीकरणका लागि रु ८० लाखभन्दा बढी अनुदान रकम खर्च गर्ने गरेको बताए । पछिल्लो एक दशकयता किसानले कृषि उत्पादनदेखि प्रशोधनका काममा नयाँनयाँ कृषियन्त्र र उपकरणको प्रयोग बढाउँदै गएको उनको भनाइ छ । महानगरले अनुदानमा कृषि उपकरण वितरण गर्न थालेपछि व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै गएको पोखरा–५ को दिदीबहिनी कृषक समूहका सन्तोषी नेपालीले बताए । उनले उत्पादनसँगै कृषिको बजारीकरणमा पनि महानगरलगायत राज्यका निकायले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । व्यावसायिक कृषि विकासका लागि कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा कृषि क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले किसानको उत्थान नहुने महाशाखा प्रमुख कडरियाले बताए । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रिकीकरणलाई अवलम्बन गर्नु आवश्यक छ, नयाँनयाँ उपकरण र प्रविधिलाई किसानको पहुँचमा पुर्‍याउनुपर्छ”, उनले भने ।

पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र

सिन्धुली, १८ असार । कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताए । अहिले […]

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

धादिङ, २७ वैशाख । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५ वितरण गरिएको कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिए । किसानले रु १३ हजार नौ सय तिरेर अनुदानमा पाएका सात हर्सपावरका पेट्रोलबाट चल्ने मिनीटिलर […]

अनुदानमा किसानलाई कृषियन्त्र र स्यालो ट्युबेल दिँदै मधेस सरकार

कृषिक्षेत्रको उत्पादन बढाउने उद्देश्यले मधेस प्रदेश सरकारले कृषकहरूलाई कृषियन्त्र उपकरण तथा स्यालो ट्युबेल वितरण गर्ने भएको छ ।

भरतपुरका किसानलाई कृषियन्त्र वितरण

भरतपुर महानगरपालिकाले किसानलाई कृषियन्त्र वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्ने भनेर छुटाइएको आर्थिक वर्ष ०७७–७८ को एक करोड बजेटमध्येबाट ५० प्रतिशत अनुदानमा महानगरपालिकाले व्यावसायिक फर्म र कृषि सहकारीलाई कृषियन्त्रहरू...

घोराही उपमहानगरद्वारा ६७ जना किसानलाइ कृषियन्त्र वितरण

जेठ २२, दाङ । दाङको घोराही उपमहानगरपालिकाले ६७ जना किसानलाई कृषियन्त्र वितरण गरेको छ ।  परम्परागत शैलीको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै र कृषिलाई यान्त्रिकरण गर्न गर्दै सहज र सजिलो बनाउने उद्देश्यका साथ किसानहरुलाई कृषि यन्त्र वितरण गरिएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए ।  ‘यहाँको कृषि क्षेत्रलाई यान्त्रिकरण गर्दै आधुनिक रुपमा विकास गर्नका लागि यी यन्त्रहरु उपलव्ध गराएका छौं’, उनले भने, ‘यसले उपमहानगरपालिका भित्रका किसानहरुलाई कृषिलाई आधुनिकीकरण गर्नमा सहयोग पुग्नेछ ।’ उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा ती कृषि यन्त्रहरु किसानहरुलाई उपलव्ध गराएको हो । उपमहानगरपालिकाको रू. ४९ लाख र प्रदेश सरकारको १० लाख लगानीमा यी उपकरणहरु खरीद गरिएको उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख चोपनाराण खनालले जानकारी दिए ।  ६७ जना किसानहरुमध्ये १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, दुई जनालाई रोटाभेटर र एक जनालाई धान काट्ने रिपर मेसिन प्रदान गरिएको हो । किसानहरुलाई मेयर चौधरी, उपमेयर सीता सिग्देल न्यौपानेलगायतले उपकरणहरु हस्तान्तरण गरेका थिए ।

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो । कृषिमा लाग्ने श्रमको ...

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र

बाँकेको बैजनाथ गाउँपालिकाले उत्पादन बृद्धिसँगै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ ।