७ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा समाचार कन्टेन्टमा प्रतिबन्ध लगाएसँगै अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ । अस्ट्रेलियाको सरकारले ल्याएको नयाँ नियममा आपत्ति जनाउँदै फेसबुकले अस्ट्रेलियामा समाचार कन्टेन्टमा रोक लगाउने निर्णय गरेको थियो । सरकारले ल्याएको नयाँ नियमअनुसार फेसबुकले समाचारका कन्टेन्टको लागि पैसा बुझाउनुपर्ने हुन्छ । फेसबुकले यो नियममा आपत्ति जनाएको हो । […]