श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त(११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल खेलेको नेपालले २३३ रनको विजयी लक्ष्य पछ्याएकोमा ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र