काठमाण्डाै - आज दिउँसाे वाग्मती, गण्डकी र प्रदेश-१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाे हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि राति भने ठूलो पानी पर्ने अनुमान छ ।
राति प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज पनि मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना छ । अह...