काठमाण्डाै - आज तीन वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातार झरी पर्ने अवस्था नरहेको मौसमविद्ले बताएका छन् ।
आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अरु प्रदेशमा मौसम सफा रहनेछ । तराईमा हिजो अस्ति&nb...