प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने, धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासमा क्षेत्रमा गएराति ठूलो पानी नपरे पनि अन्य क्षेत्रमा भने ठूलो पानी परेको छ। विशेषगरी प्रदेश-१, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । झापा, सप्तरी र सिन्धुलीमा ठूलो वर्षा भएको छ । अहिले भने देशका धेरै ठाउँका पानी पर्न रोकिएको छ, घाम लागेको छ । आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनु...

सम्बन्धित सामग्री

धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रमा पानी परिरहेको छ । मनसुन थप सक्रिय भएसँगै हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् शाक्यले जानकारी दिनुभयो ।  उहाँका अनुसार राति भने कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । भोलि कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने  मौसमव...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एक/दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन । धे...

अझै तीन दिन पानी पर्ने !

काठमाडौं : शुक्रबार पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ। सुदूरपश्चि र लुम्बिनी प्रदेशमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल मधेशबाहेकका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको

अबको एक/दुई दिन लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने

काठमाण्डाै – आज प्रदेश १ र वाग्मतीसहित अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी प्रणाली बिस्तारै सक्रिय भएकाले अबको एक दुई दिन पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । आज भन्दा भोलि अझ धेरै पानी पर्ने उहाँले बताउनुभयो । भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा लुम्बिनी प्रदेशका केही ठाउँमा...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, भोलिदेखि मौसम खुल्दै जाने अनुमान

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेका...

मनसुन केही निष्क्रिय, आज र भोलि ठूलो पानी पर्ने सम्भावना छैन – मौसमविद्

काठमाण्डाै - मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । बिहान र दिउँसो पानी नपरे पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो । अहिले मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी नपर्ने तर बर्खाको समय भएकाले बेलुकीपख भने पानी पर्ने उहाँले बताउनुभयो । पर्सि शनिवार भने वाग्मती प्रदेशसहित पश्चिमी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही द...

देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै रोकिने क्रम चल्ने महर्जनले बताउनुभयो । यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् महर्जनले जानकारी दिनुभयो । आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । धेरैजसो पश्चिमी क्षेत्रमा धे...

यसपालि दशैँमा पनि पानी पर्ने अनुमान

काठमाण्डाै - यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ ।  मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालकाे पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ&r...