काठमाडौँ । समाजमा शान्ति र अमनचैन गराउने जिम्मेवारी पाएका प्रहरी कर्मचारी नै जघन्य प्रकृतिका अपराधमा संलग्न हुन थालेका छन् । विगतमा ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । तर, पछिल्लो समय लुट, अपहरण र बलात्कार प्रयास जस्ता जघन्य अपराधमा प्रहरी कर्मचारी संलग्न भएका घटना बाहिरिएका छन् । साउन १८ मा चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राई अपहरणमा परे । लैनचौर स्थित चिनियाँ याङको फ्ल्याटमा पुगेका ६ जनाको समूहले उनीहरूलाई अपहरण गरेका हुन् । अपहरण ग