कारागार (जेल) बाट छुटेकाहरू नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसिद बनाउने काममा जेलबाट छुटेकाहरू नै संलग्न हुने गरेको पाइएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने ।विसं २०७६ वैशाख २८ गते झापाको कनकाई पुलमा गोर्खा जनमुक्ति पार्टीको