म्याग्दी – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दर्ता नभएका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको छ । प्रेस काउन्सिलले आज (बुधवार) म्याग्दीको बेनीमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको नियमअनुसार दर्ता नभइ सञ्चालनमा रहेका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको हो ।
अध्यक्ष बस्नेतले भन्नुभयो, ‘दर्ता नभएका चाहे त्यो अनलाइन होस् वा टेलिभिजनमाथि हामीले अनुगमन गरिरहेका हुन्छौँ । प्रणालीभित्र नबसेको, पत्रकारिताको पेसा र पत्रकार आचारसंहिता बाहिर रहेर काम गर्ने ...