काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराएका छन् । काउन्सिलले नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालकहरुका लागि शुक्रबार गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको भन्दै चिन्ता व्यक्त गरेका थिए […]