बाख्रापालनबाट गाउँमै मासिक ३० हजार आम्दानी, ‘मेहनत गरे पैसा कमाउन विदेश जानुपर्दैन’

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–५, चिमखानाका कृष्ण खड्काले बाख्रापालनबाट मनग्ये आम्दानी गरिरहेका छन् । उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका छन् । उनले बाख्रापालनबाट वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी गर्छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गरेका खड्काको फार्ममा अहिले २८ ओटा बाख्रा छन् । खड्कालाई बाख्रापालनका लागि श्रीमती, छोरा र बुबाले सघाउँदै आएका छन् ।  ‘जहाँ गए पनि केही न केही गर्नुपर्दछ, त्योभन्दा आफ्नै गाउँमा नै बाख्रा र कृषि गर्छु भन्ने सोचसहित व्यवसाय शुरु गरेको हुँ,’ उनले भने । लगातारको निरन्तर प्रयासले बाख्रापालनबाटै घरखर्च चलेको उनको भनाइ छ । ‘घरमा खाली बस्नुपरेको छैन । आम्दानीको स्रोत पनि बनेको छ,’ उनले भने, ‘काममा दत्तचित्त भएर लागे पैसा कमाउन विदेश जानुपर्दैन ।’  खड्काले बाख्राका लागि आवश्यक पर्ने घाँसखेती पनि गरेका छन् । आफ्नै जग्गामा घाँसखेती गरिरहेको उनले बताए । ‘स्थानीय जातका बाख्राको मूल्य राम्रो हुने र जोखिम पनि कम हुँदा व्यवसायले सन्तुष्टि दिएको छ,’ उनले भने ।  खड्काले बाख्रापालनबाट खर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । ‘बाख्रा विक्रीका लागि बजारको समस्या छैन, खर्च कटाएर बचेको पैसाले घरखर्च चल्दै आएको छ,’ उनले भने ।  उनले बाख्रापालनसँगै तरकारी खेती पनि गर्दै आएका छन् । पाँच रोपनी क्षेत्रफलमा काउली खेती गरेका खड्काले तरकारी विक्रीबाट पनि राम्रो आम्दानी भएको बताउँछन् । ‘बजार नजिक भएका कारण तरकारी विक्रीमा समस्या छैन,’ उनले भने । पशुपालनमा लागे पनि कतैबाट केही अनुदान नलिएको उनको भनाइ छ ।  गाउँपालिकाले व्यावसायिकरूपमा पशुपालन तथा कृषि गरिरहेका कृषकलाई प्रोत्साहनका लागि अनुदान दिने व्यवस्था मिलाएको छ । त्यसका लागि गाउँपालिकाले अनुगमन शुरु गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । ‘कृषकलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्था मिलाएका छौं, त्यसका लागि विभिन्न ठाउँ पुगेर अनुगमन गरिरहेका छौं,’ उनले भने ।  गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालू आर्थिक वर्षमा बोका वितरणका लागि रू. ३ लाख ५० हजार, च्यापकटर वितरणका लागि १ लाख रुपैयाँ, गोठ खोर निर्माणका लागि ४ लाख रुपैयाँ, लोकल कुखुरा वितरणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  ‘व्यावसायिकरुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ,’ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौं । उनका अनुसार कृषकले गाउँपालिकामा निवेदन दिएका कृषकको फार्म अनुगमन शुरु गरिएको छ । रासस

सम्बन्धित सामग्री

मासिक ३० हजार किस्तामा हुन्डाईको नयाँ एसयूभी

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री सुरु गर्न लागेको नयाँ माइक्रो एसयूभी एक्सटर किन्ने ग्राहकले मासिक ३० हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् । हुन्डाईले अघिल्लो वर्ष सन् २०२३ मा भारतमा सार्वजनिक गरेको एक्सटर एसयूभीको सुरुवाति ई भेरियन्टको मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकेर अहिले नेपालमा बुकिङ खुल्ला भएको छ । हुन्डाईले एक्सटरको ई […]

रास्वपाले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ । ८ माघमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र […]

जुम्लामा स्वरोजगार बन्दै अटो व्यवसायी

तातोपानी गाउँपालिका ६ का २२ वर्षिय पदमबहादुर खड्का अटो रिक्सा चलाएर मासिक ३० हजार रुपैयाँ कमाउँछन्।...

मास्टरी पेसापछिको मौरीपालन : मासिक ३० हजार घरमै बसेर आम्दानी

कास्की । पर्वतको कुस्मा नगरपालिका चनौटेका कृष्णप्रसाद शर्मा व्यावसायिक मौरीपालक हुन् । साढे दुई दशक लामो प्राध्यापनबाट सेवानिवृत्तपछि उनी व्यावसायिक कृषि कर्ममा लागेका हुन् । शर्माले अन्जली बिई कन्सर्न सञ्चालनमा ल्याएर व्यावसायिक रूपमा १ सय घार मौरी पालेका छन् । पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश लिएपछि उनले व्यावसायिक रूपमा मौरीपालनलाई अगाडि बढाए हुन् । २० वर्ष पहिलेदेखि नै घरमा आधा दर्जन घार मौरी पाल्दै आएका पूर्वशिक्षक शर्माले अवकाशपछि १ सय घार थपेर यसलाई व्यावसायिक बनाउँदै लगेका छन् । मास्टरी पेसाबाट डेढ वर्षअघि अवकाश लिएसँगै घरमा बेकामे भएर बस्नुभन्दा कृषि कर्ममा लाग्ने सोच बनाएर मौरीपालनतिर हानिएको शर्मा बताउँछन् । उनी भन्छन्, ‘शसुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरीपालन गर्दै आएको थिएँ । थोरै संख्यामा घार राख्दा पनि रामै्र मह उत्पादन हुन्थ्यो । आफ्नो परिवार, इस्टमित्र, छरछिमेकमा समेत पुग्ने गरेको थियो । अवकाशपछि गफगाफमा समय बिताउनुभन्दा राम्रो कमाइ हुने देखेर मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएँ ।’ धेरै वर्षको अनुभव र पछिल्लो समय बढ्दो व्यावसायिकता देखेकाले मौरीपालनमा लागेको उनी बताउँछन् । ‘मौरीपालनमा राम्रो सम्भावना देखेपछि मलाई राम्रै हुन्छ भन्ने लाग्यो । त्यसपछि व्यावसायिक रूपमा यो पेसा रोजें,’ उनले भने, ‘अहिलेसम्मको अनुभवमा यो व्यवसाय राम्रै हुँदो रहेछ । उत्पादन र बजार दुवै हिसाबले खास्सा छ ।’ लगानी थोरै, आम्दानी धेरै मौसमले साथ दिएको अवस्थामा १ सय मौरीका घारबाट वार्षिक १५ लाख रुपैयाँसम्म कमाउन मुस्किल नहुने शर्माको दाबी छ । उनी भन्छन्, ‘मौरीको एउटा घारमा एक पटकमा सामान्यतया ५ किलोग्राम मह निस्कन्छ । राम्रो मौसम र चरन व्यवस्था गर्न सके एउटा घारबाट वर्षमा तीनपटक मह काड्न सकिन्छ । यो हिसाबले वर्षमा एउटा घारबाट १५ केजी मह उत्पादन हुन्छ । बजार मूल्य प्रतिकिलोको १ हजार ५०० भएकाले एउटा घारबाट वर्षमा २२ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । यो हिसाबले १ सय वटा घारको आम्दानी २२ लाखभन्दा बढी हुन्छ ।’ शर्माले मौरीपालनका लागि १० लाखभन्दा बढी लगानी गरिसकेका छन् । मौरीसँगै बोर जातको बाख्रापालन र मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । उनको फार्ममा अहिले तीन जनाले काम गर्दै आएका छन् । घरका सदस्यले नभ्याउने भएकाले उनले कामदारसमेत राखेका छन । शर्माका अनुसार हाल मह १ हजार ५ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । शुद्ध मह माग धेरै भए पनि उत्पादन गर्न नसकेको शर्माले सुनाए ।  महको माग बढी भए पनि यसका चाका बिक्री कम हुने गरेको उनले बताए । मौरीसँगै बाख्रापालन शर्माले गत वर्षदेखि बोर प्रजातिको बाख्रासमेत पाल्न थालेका छन् । त्यसभन्दा पहिले स्थानीय प्रजातिको बाख्रा पाल्दै आएकाले आम्दानी सोचेजति राम्रो नभएपछि तनहँुको बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पाल्न थालेको उनले बताए । शर्माले भने, ‘सुरुमा स्थानीय प्रजातिको बाख्रालाई क्रस गराएर पालेको थिएँ । स्थानीय बाख्र पालन सोचेजति सफल भएन । त्यसपछि प्राविधिकको सल्लाहमा बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पालन सुरु गरेपछि सोचेजस्तै राम्रा भएको छ । खोरमा अहिले २० वटा बाख्रा छन् । ती सबै पाठापाठी जन्माउने अवस्थामा छन् ।’ व्यावसायि रूपमा बाख्रापालन सुरु गरेपछि कामदार राखेर काम गर्दै आएको शर्माले बताए । पछिल्लो समय युवाहरू आप्mनै देशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि रोजगारी खोजीमा बिदेसिने गरेको गुनासो उनको छ । शर्माले भने, ‘आफ्नै गाउँघरमै राम्रो आम्दानी गर्न सकिन प्रशस्त सम्भावना छ । तर, देशमै राम्रो आम्दानी गर्न सकिने अवसरलाई छाडेर युवाहरू ३० हजार कमाउन खाडी मुलुक भासिने गरेका छन् ।’

अण्डा बेचेर मासिक ५० हजार कमाइ

सर्लाही : बरहथवा नगरपालिका–९ मुर्तियाका अजय यादवले कुखुराको अण्डा बेचेर मासिक ५० हजार रूपैयाँ आम्दानी गर्दै आइरहेका छन्। आठ वर्षअघि ३० हजार रुपैयाँ लगानीबाट अण्डा बेच्ने पेशा थालेका यादवले अहिले मनग्य आम्दानी गरिरहेका छन्।रोजगारीका लागि धेरै युवाहरू विदेश पलायन भइरहँदा अजयले भने स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्। जाँगर र मेहनत गरे पैसा कमाउन विदेशै जानु नपर्ने उनी बताउँछन्।अजय दैनिक ८०/९० क्यारेट अण्डा बेच्छन्। उनको आफ्नो कुखुरा फर्म छैन। गाउँमै रहेका कुखुरा फर्मबाट केही सस्तो मूल्यमा अ

सडकपेटिमा जुत्ता मर्मत गरेरै मासिक ३० हजार

भनिन्छ, जसले कर्मलाई सम्मान गर्छ, कर्मलाई जिम्मेवारीका रूपमा बहन गरेर आफ्नो जीविकोपार्जन गर्छ, लगनशील हुन्छ, कर्मप्रति बफादार हुन्छ, यस्ता मानिसहरूले जीवनमा धेरै प्रगति हासिल गर्न सक्छन् । हाम्रो मुलुक दिन–प्रतिदिन सञ्चार क्षेत्रमा फड्को मारिरहँदा मानिसहरूको दैनिकी जीवनशैली पनि फेरिँदै आइरहेको अवस्था छ । मुलुकमा धेरैभन्दा धेरै पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पोर्टलजस्ता सञ्चारका साधनले हरेक कुराका […]

महिला उद्यमशीलताबाट मासिक ३० हजार आम्दानी

लालीगुराँस नगरपालिका–१ टुटेकी विष्णु लिम्वुले घरमै वसेर मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । उनले दूधबाट बन्ने बिभिन्न प्रकारका खाद्यसामग्रीहरू तयार गर्ने उद्योग सञ्चालन गरी मासिक ३० हजारसम्म कमाएको बताइन् । दुई वर्षअघि तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको उद्योगमा दूधजन्य परिकारहरू खुवा, छुर्पी, दही, घिउ, पनिर, चकलेट, ललीपपलगायतका स्वादिष्ट खाद्य वस्तु उत्पादन हुने गरेका छन् ।