मदन भण्डारी विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीलाई मासिक ३० हजार छात्रवृत्ति

मकवानपुर : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले स्नातकोत्तर तहमा मासिक रु २५ हजार र विद्यावारिधि तहमा मासिक रु ३० हजार छात्रवृत्ति पाउने भएका छन्। मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको विश्वविद्यालयमा  छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको अध्यक्ष प्राडा राजेन्द्रध्व जोशीले जानकारी दिए।कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा

सम्बन्धित सामग्री

मदन भण्डारी विश्वविद्यालय : विद्यार्थीलाई मासिक तिस हजार छात्रवृत्ति

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो ।