महिला उद्यमशीलताबाट मासिक ३० हजार आम्दानी

लालीगुराँस नगरपालिका–१ टुटेकी विष्णु लिम्वुले घरमै वसेर मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । उनले दूधबाट बन्ने बिभिन्न प्रकारका खाद्यसामग्रीहरू तयार गर्ने उद्योग सञ्चालन गरी मासिक ३० हजारसम्म कमाएको बताइन् । दुई वर्षअघि तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको उद्योगमा दूधजन्य परिकारहरू खुवा, छुर्पी, दही, घिउ, पनिर, चकलेट, ललीपपलगायतका स्वादिष्ट खाद्य वस्तु उत्पादन हुने गरेका छन् ।

सम्बन्धित सामग्री

बाह्र वर्षीय आयुष्माको आम्दानी मासिक ३० हजार !

तनहुँ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाई गर्दै आएकी छिन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्याम नजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन् । स्थानीय अकला आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत उनले बाँसबाट विभिन्न...

ई–रिक्सा चलाएर मासिक ३० हजार बढी रुपियाँ आम्दानी

पछिल्लो समय बैट्री रिक्सा बाँके र बर्दियाका बेरोजगार महिला पुरुष दुबैका लागि रोजगारको राम्रो माध्यम बनेको छ । सयौं बेरोजगार युवा युवतीले अहिले नेपालगञ्ज, कोहलपुर, खजुरा, गुलरिया, बाँसगढी, भुरीगाउँ लगायतका क्षेत्रमा रिक्सा चलाएर राम्रो आम्दानी गरिरहनुभएको छ ।

मासिक २० हजार किस्तामै घडेरी, ४० प्रतिशतसम्म ‘डाउन पेमेन्ट’, ब्याज कति ?

घरजग्गा कारोबारमा मन्दी आएपछि व्यवसायीहरुले ‘किस्ताबन्दी’को योजना अघि सारेका छन् । कारोबारमा मन्दी आएपछि अब विस्तारै व्यवसाय चलायमान बनाउन काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ठूला शहरहरुमा किस्ताबन्दीमै घरजग्गा बिक्रिको योजना सार्वजनिक हुन थालेका छन् ।व्यवसायीहरुले २० देखि ४० प्रतिशत ‘डाउन पेमेन्ट’मा १२ देखि १५ प्रतिशत ब्याजदरमा घडेरी बिक्रि थालेका छन् । किस्ताबन्दीमा घडेरी बिक्रि मात्रै नभई व्यवसायीहरुले ५ वर्षका लागि सहकारीबाट १२ देखि १५ प्रतिशत ब्याजदरमा ऋण पनि मिलाईदिने गरेका छन् ।जग्गामा किस्ताबन्दीः नयाँ अभ्याससंस्थागत व्यवसायीहरूले हाउजिङमा किस्ताबन्दीको सुविधा दिँदै आएका थिए । निर्माण सुरु भएपछि बुकिङ खोल्दा निश्चित प्रतिशत रकम लिएर बाँकी रकम निर्माण सकिएर हस्तान्तरणको समयमा लिने गर्थे ।तर, अब उपत्यकामै घडेरीमा पनि किस्ताबन्दीको अभ्यास सुरु भएको छ । काठमाडौँबाहेक भक्तपुर र ललितपुरमा ४० प्रतिशतसम्म डाउन पेमेन्ट लिएर व्यवसायीहरुले किस्ताबन्दीमा घडेरी बेचिरहेका छन् ।यसअघिःघरजग्गा कारोबारमा यसरी फस्दैछन् नयाँ कारोबारी‘किस्ताबन्दीको मोडल गाडी, बाइक किनेको जस्तै हो’ एकजना व्यवसायीले बिजपाटीसँग भने, ‘निश्चित प्रतिशत डाउनपेमेन्ट गरेपछि महिना महिनामा किस्ता तिर्दा ५ वर्षमा घडेरी आफ्नै हुन्छ, यो नयाँ अभ्यास हो, अब यसलाई फैलाउनुपर्छ ।’एकमुष्ट तिर्न पर्दैन, ब्याज जोडिन्छमानौँ, २० लाख रुपैयाँको घडेरी किन्दा सुरुमा २० प्रतिशत डाउनपेमेन्ट गरियो भने सुरुमा ४ लाख तिर्नुपर्छ । बाँकी १६ लाख रुपैयाँ कम्पनीहरुले १२ प्रतिशत ब्याजमा ‘फाइनान्सिङ’को सुविधा मिलाईदिन्छन् । १६ लाखको १२ प्रतिशत ब्याजदरले ५ वर्षका लागि ऋण लिँदा मासिक ४२ हजार जति तिर्नुपर्छ । तर, सुरुमै ४० प्रतिशत डाउनपेमेन्ट गरेको अवस्थामा यो रकम करिब आधाले घट्छ ।यो पनिःघरजग्गामा कडाईः सिमेन्ट र डण्डीसहित दर्जनौँ उद्योग थला पर्दै, लाखौँको रोजगारी गुम्दै‘किस्ताबन्दीमा घडेरी किन्नु भनेको गाडी तथा मोटरसाइकल किन्नु जस्तै हो । किनभने, सुरुमा जति धेरै डाउनपेमेन्ट गर्यो, उति नै किस्ता थोरै तिर्नुपर्छ’ ललितपुरका एक जना घरजग्गा व्यवसायी भन्छन् । नियमित आम्दानी हुनेलाई सहजअहिले रेमिट्यान्स आप्रवाह घटेको छ । नेपालमै नियमित (मासिक) ५० हजारमाथि आम्दानी हुनेहरुले पनि घरजग्गा जोड्न सक्ने अवस्था छैन । घरजग्गा जोडन् चाहनेहरुको पनि साथमा अहिले पैसा नहुँदा कारोबार सुस्ताएको छ । त्यसकारण नियमित कम्तीमा २० हजार किस्ता तिर्न सक्ने गरि आम्दानी गरिरहेको व्यक्तिले सहजै किस्ताबन्दीमा जग्गा जोड्न सक्ने विश्वास व्यवसायीहरुको छ ।यो पनिःउपत्यकामा फुकुवा हुन लागेको १ लाख ३० हजार रोपनी जग्गामा हाउजिङ डेभलपर्सको नजर !

मास्टरी पेसापछिको मौरीपालन : मासिक ३० हजार घरमै बसेर आम्दानी

कास्की । पर्वतको कुस्मा नगरपालिका चनौटेका कृष्णप्रसाद शर्मा व्यावसायिक मौरीपालक हुन् । साढे दुई दशक लामो प्राध्यापनबाट सेवानिवृत्तपछि उनी व्यावसायिक कृषि कर्ममा लागेका हुन् । शर्माले अन्जली बिई कन्सर्न सञ्चालनमा ल्याएर व्यावसायिक रूपमा १ सय घार मौरी पालेका छन् । पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश लिएपछि उनले व्यावसायिक रूपमा मौरीपालनलाई अगाडि बढाए हुन् । २० वर्ष पहिलेदेखि नै घरमा आधा दर्जन घार मौरी पाल्दै आएका पूर्वशिक्षक शर्माले अवकाशपछि १ सय घार थपेर यसलाई व्यावसायिक बनाउँदै लगेका छन् । मास्टरी पेसाबाट डेढ वर्षअघि अवकाश लिएसँगै घरमा बेकामे भएर बस्नुभन्दा कृषि कर्ममा लाग्ने सोच बनाएर मौरीपालनतिर हानिएको शर्मा बताउँछन् । उनी भन्छन्, ‘शसुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरीपालन गर्दै आएको थिएँ । थोरै संख्यामा घार राख्दा पनि रामै्र मह उत्पादन हुन्थ्यो । आफ्नो परिवार, इस्टमित्र, छरछिमेकमा समेत पुग्ने गरेको थियो । अवकाशपछि गफगाफमा समय बिताउनुभन्दा राम्रो कमाइ हुने देखेर मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएँ ।’ धेरै वर्षको अनुभव र पछिल्लो समय बढ्दो व्यावसायिकता देखेकाले मौरीपालनमा लागेको उनी बताउँछन् । ‘मौरीपालनमा राम्रो सम्भावना देखेपछि मलाई राम्रै हुन्छ भन्ने लाग्यो । त्यसपछि व्यावसायिक रूपमा यो पेसा रोजें,’ उनले भने, ‘अहिलेसम्मको अनुभवमा यो व्यवसाय राम्रै हुँदो रहेछ । उत्पादन र बजार दुवै हिसाबले खास्सा छ ।’ लगानी थोरै, आम्दानी धेरै मौसमले साथ दिएको अवस्थामा १ सय मौरीका घारबाट वार्षिक १५ लाख रुपैयाँसम्म कमाउन मुस्किल नहुने शर्माको दाबी छ । उनी भन्छन्, ‘मौरीको एउटा घारमा एक पटकमा सामान्यतया ५ किलोग्राम मह निस्कन्छ । राम्रो मौसम र चरन व्यवस्था गर्न सके एउटा घारबाट वर्षमा तीनपटक मह काड्न सकिन्छ । यो हिसाबले वर्षमा एउटा घारबाट १५ केजी मह उत्पादन हुन्छ । बजार मूल्य प्रतिकिलोको १ हजार ५०० भएकाले एउटा घारबाट वर्षमा २२ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । यो हिसाबले १ सय वटा घारको आम्दानी २२ लाखभन्दा बढी हुन्छ ।’ शर्माले मौरीपालनका लागि १० लाखभन्दा बढी लगानी गरिसकेका छन् । मौरीसँगै बोर जातको बाख्रापालन र मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । उनको फार्ममा अहिले तीन जनाले काम गर्दै आएका छन् । घरका सदस्यले नभ्याउने भएकाले उनले कामदारसमेत राखेका छन । शर्माका अनुसार हाल मह १ हजार ५ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । शुद्ध मह माग धेरै भए पनि उत्पादन गर्न नसकेको शर्माले सुनाए ।  महको माग बढी भए पनि यसका चाका बिक्री कम हुने गरेको उनले बताए । मौरीसँगै बाख्रापालन शर्माले गत वर्षदेखि बोर प्रजातिको बाख्रासमेत पाल्न थालेका छन् । त्यसभन्दा पहिले स्थानीय प्रजातिको बाख्रा पाल्दै आएकाले आम्दानी सोचेजति राम्रो नभएपछि तनहँुको बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पाल्न थालेको उनले बताए । शर्माले भने, ‘सुरुमा स्थानीय प्रजातिको बाख्रालाई क्रस गराएर पालेको थिएँ । स्थानीय बाख्र पालन सोचेजति सफल भएन । त्यसपछि प्राविधिकको सल्लाहमा बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पालन सुरु गरेपछि सोचेजस्तै राम्रा भएको छ । खोरमा अहिले २० वटा बाख्रा छन् । ती सबै पाठापाठी जन्माउने अवस्थामा छन् ।’ व्यावसायि रूपमा बाख्रापालन सुरु गरेपछि कामदार राखेर काम गर्दै आएको शर्माले बताए । पछिल्लो समय युवाहरू आप्mनै देशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि रोजगारी खोजीमा बिदेसिने गरेको गुनासो उनको छ । शर्माले भने, ‘आफ्नै गाउँघरमै राम्रो आम्दानी गर्न सकिन प्रशस्त सम्भावना छ । तर, देशमै राम्रो आम्दानी गर्न सकिने अवसरलाई छाडेर युवाहरू ३० हजार कमाउन खाडी मुलुक भासिने गरेका छन् ।’

अण्डा बेचेर मासिक ५० हजार कमाइ

सर्लाही : बरहथवा नगरपालिका–९ मुर्तियाका अजय यादवले कुखुराको अण्डा बेचेर मासिक ५० हजार रूपैयाँ आम्दानी गर्दै आइरहेका छन्। आठ वर्षअघि ३० हजार रुपैयाँ लगानीबाट अण्डा बेच्ने पेशा थालेका यादवले अहिले मनग्य आम्दानी गरिरहेका छन्।रोजगारीका लागि धेरै युवाहरू विदेश पलायन भइरहँदा अजयले भने स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्। जाँगर र मेहनत गरे पैसा कमाउन विदेशै जानु नपर्ने उनी बताउँछन्।अजय दैनिक ८०/९० क्यारेट अण्डा बेच्छन्। उनको आफ्नो कुखुरा फर्म छैन। गाउँमै रहेका कुखुरा फर्मबाट केही सस्तो मूल्यमा अ

वैदेशिक रोजगारीः ठग्नलाई भिजिट भिसा !

८ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१८, औराहाका अकलेश यादव गाडी चलाउँथे । मासिक आम्दानी २५–३० हजार थियो । उनलाई दुबईमा योभन्दा निकै कमाइ हुन्छ भनेर पर्सागढी–६, बागेश्वरी तित्रौना चैनपुरका एजेन्ट लालबाबु राम भनिने जलेन्धर महरा चमारले फकाए । ‘आल्मुनियम लोड–अनलोड गर्ने हो, ८ घण्टा काम गर्दा १२ सय रियाल तलब पाइन्छ, दुई दिनमा उडाइदिन्छु’ भनेपछि […]

भूकम्पपीडित रमाको आम्दानी मासिक ३० हजार

भूकम्पले घर भत्काएपछि विकल्प खोज्दै काठमाडौं प्रवेश गर्नुभएकी ५२ वर्षीया रमा अर्याल अहिले सडक किनारमा हरियो मकै विक्री गर्न दिनभर व्यस्त हुनुहुन्छ । विहानै उठेर हरियो मकै खरिद गरेपछि चाबहिल छेउको सडकमा साँझसम्म मकै पोलेर विक्री गरेर मासिक ३० हजारसम्म आम्दानी गर्ने गर्नुहुन्छ । चाबहिलको सडकपेटीमा उहाँलाई ‘मकै आमा’ भनेर सबैले चिन्ने गर्छन् । चितवनबाट ल्याएको मकै खरिद गरेर विहान १० बजे देखि बेलुकी ७ बजेसम्म उहाँ त्यहीँ बसेर ३० रुपैयाँका दरले एक घोगा मकै विक्री गर्ने गर्नुहुन्छ । सिन्धुपाल्चोक चौतारा नजिकको डाँँडाचोक घर भएकी अर्यालको घर २०७२ सालको भूकम्पले काम नलाग्ने बनाइदिएको थियो । सडक किनार उहाँका लागि परिवार गुजारा चलाउने एउटा आधार बनेको छ ।

काँचो मःम बेचेरै मासिक ३० हजार आम्दानी

झापा भद्रपुर नगरपालिका–६ का सन्देश रिजाल उरी मःम फर्म बिर्तामोडका सञ्चालक हुन् । उनी काँचो मःम बेचेरै मनग्ये आम्दानी गर्छन् । कनकाई क्याम्पस बिर्तामोडमा स्नातक तह तेस्रो वर्ष पढ्दै मःम बेच्न सुरु गरेका रिजाल बजारसम्म आफैं मःम पु¥याउँछन् । रिजाल अहिले पनि कनकाई क्याम्पस बिर्तामोड स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत छन् ।

घरमै बसी हस्तकलाबाट मासिक ३० हजारको आम्दानी

रामेछाप स्थायी घर भएको नखिपोट बस्दै आएकी प्रेमा सुनुवारले सुनुवारको पहिचान झल्काउने विभिन्न किसिमको ऊनबाट बन्ने सामग्रीहरू बुनेर मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्मको आम्दानी गर्छिन् । सुनुवारको पहिचान झल्काउनेमा महिलाको झुम्का थैली, सियो बोक्ने झुम्का, कम्बरी, चारअनी, आठअनी र पुरुषको कम्बरी र जालीरुमाल बुन्ने कार्य गर्छन् ।