सल्यान : नेकपा एमाले सल्यानले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्ग्याएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानले १० वटै तहको उम्मेदवारको टुंगो लगाएको हो।एमालेले शारदा नगरपालिकाको मेयरमा मनोज कुमार प्रधान र उप मेयरमा सरिता हमाल, बागचौर नगरपालिकाको मेयर घनश्याम शर्मा र उपमेयरमा गीता मल्ल, बनगाड कुपिण्डे नगरपालिकामा गोविन्द कुमार पुन र उपमेयरमा चम्फा पुरी वलीलाई उम्मेदवार बनाएको हो।यस्तै कालिमाटी गाउँपालिकाको अध्यक्षमा दान बहादुर खत्री, उपाध्यक्षमा सनसिल्ता वली