डिभिजन बन कार्यलय सुनसरीले अवैधरुपमा ल्याएको आशंकामा चार वटा ट्रकमा लोड गरिएको ठुलो परिमाणको खयरको काठ नियन्त्रणमा लिएको छ । रामेछापबाट लोड गरी सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको उक्त परिमाणको काठ मंगलबार राति नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिभिजन बन कार्यलय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए ।