सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् ।तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स१त ३६०७ ट्याक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा लिएको हो ।काठ अहिलेसम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कार्यालयले जनाएको छ । पक्राउ परेका