खयर चोरी/निकासी प्रकरण : छ विरुद्ध पक्राउ पुर्जी जारी

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–४ कुन्तादेवी आमा समूहले गत साउन–२४ गते राति दुई वटा ट्याक्टरमा ‘लोड’ गरेर निकासी गर्न लागिएको खयर बरामद गरेको थियो । स्थानीय खोक्सेली सामुदायिक वनबाट अनुमतिविना खयरका रुख कटान गरी रातको समयमा निकासी गर्दै गरेको अवस्थामा आमा समूहले राति करिब ८ बजे दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर खयरका काठ बरामद गरेको हो …