सीसीएमसीको प्रमुखमा शर्मा नियुक्त

जेठ ११, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा बालानन्द शर्मा नियुक्त भएका छन् ।  शर्मालाई सोमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।  शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । प्रमुखको जिम्मेवारी पाएसँगै  उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी बहन गर्नेछन् ।  सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सीसीएमसीको गठन गरेको हो ।  प्रधानमन्त्री नेत्तृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषदको विहीबारको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसको आधारमा संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति कार्यालयले बागमती प्रदेशको प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाइलाई मन्त्रिपरिषदको निर्णयअनुसार पदमुक्त गराइएको समेत जानकारी दिएको छ ।

राष्ट्रपतिद्वारा वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

भदौ ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती  प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई उक्त प्रदेशको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गर्नुभएको थियो ।

वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेर शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा संविधानको धारा एक सय ६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईँलाई पदमुक्त गरेर संविधानको धारा एक सय ६३ को उपधारा २ अनुसार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।

वाग्मती प्रदेश प्रमुखमा शर्मा नियुक्त

वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम संखुवासभाका यादवचन्द्र शर्मालाई वाग्मती प्रदेशको प्रमुखमा नियुक्त गरेकी हुन् ।

बागमतीका प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

यसअघि बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं प्रदेश प्रमुख हुनुहुन्थ्यो । बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बागमती प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा शर्मा नियुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख...

चिकित्सा शास्त्र अध्ययन संस्थान अनुसन्धान विभागको निर्देशकमा डा शर्मा

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अनुसन्धान विभाग प्रमुखमा डा मोहनराज शर्मा नियुक्त भएका छन्। उनले आज अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।