भदौ ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई उक्त प्रदेशको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गर्नुभएको थियो ।