पार्टी विवाद समाधानमा सहमति गरेको दाबी गरेको कार्यदलले सहमतिलाई अन्तिम रुप दिने कुरालाई आइतवारसम्मको भाका सारेको छ । शुक्रवार बसेको कार्यदल बैठकले सहमति गरेको र शनिवार भाषा मिलाएर सार्वजनिक गर्ने बताएको थियो ।
शनिवार साँझ बसेको कार्यदल बैठकले सहमतिलाई भोलि अन्तिम रुप दिने निर्णय गरेको छ । एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले सहमतिको अन्तिम अन्तिम अवस्थामा आएको र भोलि सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिए ।
झण्डै ८ घण्टा लामो शुक्रवारको बैठकपछि पार्टी प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालील...