बजेटलाई अन्तिम रुप दिइँदै, बन्द गरिए अर्थ मन्त्रालयका ढोकाहरु

९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा आजदेखि अर्थ मन्त्रालयको ‘डोर क्लोज’ भएको छ । मन्त्रालयमा अब कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेश रोकिएको हो । मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने कार्यक्रम छ । बजेटसँग सम्बन्धित सबै डकुमेन्टलाई अन्तिम रुप दिन ढोकाहरु बन्द गरिएको मन्त्रालयको भनाइ छ । अर्थ […]

सम्बन्धित सामग्री

बजेटमा सारडा ग्रूपको सुझाव : ‘कम गुणस्तरको मदिरा आयात र उत्पादन रोक’

काठमाडौं । व्यावसायिक घराना सारडा ग्रूपले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कम गुणस्तरका मदिरा आयात र उत्पादन रोक्न माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रुप दिइरहेको बेला सारडा ग्रूपले मुलुकभित्रै ब्रान्डेड मदिरा उत्पादन भइरहेकाले कम गुणस्तरको मदिरा आयात र उत्पादन दुवै रोक्नुपर्ने बताएको हो । सारडा ग्रूपले रोयल रिजर्भ, हिमालय रिजर्भ, जिन, भोड्का, वल्र्ड मंक लगायत ब्रान्डमा गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । सारडा ग्रूपका अनुसार भारतमा मदिरा सस्तो र नेपालमा महंगो हुँदा स्वदेशी उद्योगलाई समस्या परेको छ । नेपालको मदिरामा हरेक वर्ष कर बढ्दा धेरै महंगो हुनपुगेको र भारतमा धेरै सस्तो हुने गरेकोले खुला सिमानाबाट चोरी पैठारी हुने गरेको उसको भनाइ छ । यसले सरकारले राजस्व गुमाइरहेको र स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न गाह्रो परेको ग्रूपको भनाइ छ । ‘यो समस्या हल गर्न सरकारले बजेटमार्फत नीति लिनुपर्छ,’ सुभावमा भनिएको छ । अर्थमन्त्री जनार्दन शर्मासमक्ष हालै पेश गरेको सुझावमा ग्रूपले कार्बनडाइअक्साइड ग्यास आयातमा प्रतिबन्ध लगाउन पनि माग गरेको छ । यो ग्यासमा नेपाल आत्मनिर्भर भएको भन्दै यसलाई प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको हो । यो ग्यास उत्पादनमा पनि सारडा ग्रूपको लगानी छ । त्यस्तै, हार्मोनिक सिस्टम कोड नम्बर ७२१३९११० का तार तथा स्टिल भारत र तेस्रो मुलुकबाट धेरै आयात भइरहेको छ । यी दुवै वस्तु उत्पादन गर्ने उद्योग स्वदेशमा भए पनि ठूलो परिमाणमा आयात भइरहेको ग्रूपको भनाइ छ । ती वस्तुको आयातमा अन्त:शुल्क ४ दशमलव ७५ प्रतिशत लाग्ने गरेकोमा आर्थिक वर्ष २०७६/७७ देखि घटाएर २ दशमलव ५० प्रतिशत कायम गरिएको छ । यी वस्तुको आयातमाा लाग्ने भन्सार महशुल तिनको कच्चा पदार्थमा लाग्नेसरह रहेकोले त्यसलाई बढाउन माग गरिएको छ । साफ्टा सुविधाअन्तर्गत तयारी वस्तु आयात गर्दा ६ दशमलव २५ प्रतिशत भन्सार र २ दशमलव ५० प्रतिशत अन्त:शुल्क लाग्ने गरेको सुझावमाा उल्लेख छ । यी वस्तुको कच्चा पदार्थ आयात गर्दा ५ प्रतिशत भन्सार महशुल र २ दशमलव २५ प्रतिशत अन्त:शुल्क लाग्छ । स्वदेशी उद्योगको संरक्षणका लागि तयारी वस्तु र कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महशुल र अन्त:शुल्क समायोजन गर्नुपर्ने ग्रूपको माग छ । सारडा ग्रूपले तार र प्रिमियम स्टिलसमेत उत्पादन गर्छ । त्यस्तै सिमेन्ट क्षेत्रमा गर्नुपर्ने सुधारबारे पनि ग्रूपले सुझाव दिएको छ । नेपालमा हाल ५५ ओटा सिमेन्ट उत्पादक कम्पनी रहेको र वार्षिक उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेकोमा हाल ७५ लाख मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको छ । करीब ५० प्रतिशत क्षमतामा उद्योग चल्दा समेत घरेलु माग धान्न सफल भएकोले अब निर्यात प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्ने सारडा ग्रूपको भनाइ छ । त्यसको लागि निर्यातमा अनुदान दिन माग गरिएको छ । यस्तै बिस्कुट, जुसलगायत वस्तुको मिति सकिएपछि फिर्ता लिने गरेकोले त्यसमा सहुलियत दिनुपर्ने बताएको छ । कम्पनीले म्याद गुज्रिएका आफ्ना उत्पादन बजारबाट फिर्ता ल्याएर नष्ट गर्ने गरेको छ । यस्तोमा बजार जानुअघि सरकारले लिएको कर फिर्ता दिनुपर्ने व्यवस्था हुनुपर्ने माग छ । सारडा ग्रूपले भनेको छ, ‘फिर्ता आएको वस्तु कर कार्यालयको रोहवरमा नष्ट गर्नुपर्ने प्रावधान छ । तसर्थ सो वस्तुका लागि उद्योगले अग्रिम रुपमा भुक्तानी गरिसकेको अन्त:शुल्क, भ्याट उद्योगले बुझाउने मासिक एवं वार्षिक विवरण तथा वासलातमा समायोजन र मिलान गर्न पाउने व्यवस्था हुनुपर्छ ।’ सारडा ग्रूपले गुडलाइफ बिस्कुट र गुडलाइफ जुस तथा प्रिती चाउचाउ उत्पादन तथा विक्रीवितरण गर्छ । बिस्कुट चाउचाउलगायत वस्तुको आयातमाा रोक लगाउनुपर्ने माग पनि ग्रूपले अघि सारेको छ ।

आव २०७९/ ८० को बजेट निर्माणमा अर्थ मन्त्रालय, यस्तो छ कार्यतालिका

चैत २४, काठमाडौ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/ ८० बजेटका लागि विभिन्न निकायबाट सुझाव संकलन गरिहेको छ ।  आगामी आर्थिक वर्षको बजेटका लागि मन्त्रालयले विभिन्न पक्षसँग छलफल शुरु गर्ने पूर्वनिर्धारित योजना अनुरुप सुझाव संकलन  गर्न शुरु गरेको हो । हालैमात्र मन्त्रालयले मौखिक रुपमा  सुझाव संकलन गर्न टोलि  फ्रि नम्वरसमेत  सञ्चालनमा ल्याएको छ । आगामी बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु लिखित तथा मौखिक(टोलफ्रि) रुपमा  चैत मसान्तभित्र पठाइसक्न पनि सर्वसाधारणलाई मन्त्रालयले भनेको छ । मन्त्रालये  निर्धारित मितिमा बजेट ल्याउने उद्धेष्यले मन्त्रालयले कार्यतालिका तयार पारेको छ। कानूनत : अर्थमन्त्रीले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यावस्था छ। जसअनुसार मन्त्रालयले आयरव्यय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तय गरेको छ। त्यसैगरी जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने योजना बनाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार जेठ ८ गते व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिइने  कार्यतालिका रहेको छ। सोहि दिन बजेटलाई अन्तिम रुप दिइने छ।  यस्तै जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि छापाखानामा पठाइने छ। जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। र जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।

https://www.onlinekhabar.com/2020/05/868007

महामारीका कारण विश्व अर्थतन्त्र नै शिथिल बनिरहेको छ । नेपालमा पनि बजेटको पूर्वसन्ध्यामा अनावश्यक खर्च कटौती र राहत प्याकेजको आवाज उठिरहेको छ । अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रुप दिँदैगर्दा सधैं विवादमा रहने गरेको सांसद क्षेत्र …