सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन सत्तारुढ दलका दोस्रो तहका नेताहरू रहेको कार्यदलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार जारी कार्यदलको बैठकले सरकारका प्राथमिकता र कामको खाकालाई अन्तिम रुप दिने बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य छन् । कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमको खाकामाथि सोमवार सत्तारुढ दलका शीर्ष नेताहरूले छलफल गरेका थिए ।
साझा कार्यक्रममा यसै वर्ष...