चीनले मंगलबार मानवअधिकार उल्लंघन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ । अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक दबाव दिने गरेको चीनले बताएको छ । अमेरिकाले केही चिनियाँ अधिकारीहरूमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार